नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षको केन्द्रीय कमिटी बैठक शुरु भएको छ।
प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा शुरु भएको हो।
नेकपाका एक केन्द्रीय सदस्यका अनुसार बैठकले प्रचण्ड र नेपाल पक्षको स्थायी समिति बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउन गरेको निर्णयलाई पारित गर्ने छ।
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षको स्थायी कमिटीको मंगलबार बिहान बसेको बैठकले ओलीलाई अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
साथै पार्टीका वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको पनि बैठकले गरेको छ। स्थायी कमिटीबाट गरिएको निर्णय काठमाडौंमा अहिले बसिरहेको केन्द्रीय कमिटीको बैठकले पास गर्ने छ।
नेकपाको विधानअनुसार पार्टीमा अध्यक्ष रहने छन्। ओली र प्रचण्ड अध्यक्षको जिम्मेवारीमा छन्। नेकपाभित्र अन्तरविरोध चर्किएपछि प्रचण्डले नेपाललाई अध्यक्ष बनाउने निर्णय लिएका हुन्।