सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन्।
मंगलबार दिउँसो बादल गौतमलाई भेट्न उनको निवास पुगेका हुन्। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै ठाउँमा गरेको केन्द्रीय कार्यसमिति बैठकमा गौतम र बादल सहभागी थिएनन्।
गौतमले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले आयोजना गरेको दुवै भेलामा सहभागी नहुने घोषणा गरेका थिए। यसअघि गौतमलाई भेट्न अध्यक्ष दाहाल निकटका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ भैंसेपाटी पुगेका थिए।
यता, गृह मन्त्री थापालाई भेट्न अध्यक्ष दाहाल बिहान मन्त्री क्वाटर पुल्चोक पुगेका थिए।