सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको समूहले बुधबार देशको सातैवटै प्रदेशमा भेला हुने आयोजना गर्ने भएको छ।
प्रधानमन्त्री सरकार निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला हुने निर्णय गरेको हो।
आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर यो समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ।