सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) ब्यूँतन नसक्ने बताएका छन्।
नेकपा अध्यक्ष प्रचण्ड समूहका केन्द्रीय सदस्यहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताएका हुन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र विघटन भइसकेकाे बताउँदै नेपालले अब ती पार्टी ब्यूतिन नसक्ने बताएका हुन्।
नेपालले पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई पटकपटक अपमान गरेको उल्लेख गर्दै नेपालले त्यसलाई सहेर भए पनि कम्युनिष्ट आन्दोलन बचाउन प्रचण्डले याेगदान गरेकाे बताए।