प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक ४ नेताले आफ्नो धारणा राखेपछि मंगलबारका लागि स्थगित भएको हो।
केन्द्रीय कार्यालय श्रोतका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउसो १ बजे पुनः बस्नेछ। मंगलबारको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा केन्द्रीय सदस्यहरू डा. नारायण खड्का, महेश आचार्य र एनपी साउदले आफ्नो धारणा राखेका छन्।
नेताहरूले बोल्ने क्रम बुधबार पनि जारी रहने छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसै विषयमा कांग्रेसले औपचारिक धारणा बनाउन लागेको हो।
ओलीको कदमविरुद्ध चौतर्फी विरोध हुदै आएको छ। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने क्रम जारी छ।