सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–माधव समूहतिर आएका छन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले डाकेको केन्द्रीय कमिटी बैठकमा झन्डै ७० प्रतिशत सदस्य सहभागी भएको उक्त समूहले दाबी गरेको छ।
बबरमहलस्थित कार्की ब्याङक्वेटमा जारी बैठकमा राखिएको पुस्तिकामा ३ सय १० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ। यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो।
नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४ सय ४७ जना छन्, जसमध्ये केहीको मृत्यु भएको छ।