इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेनटसले फिओरेन्टिनाको सामना गर्दैछ। खेल नेपाली समय अनुसार मंगलबार राति १ः३० बजे शुरु हुनेछ।
यो युभेन्टसको वर्ष २०२० को अन्तिम खेल हो। अंक तालिकाको तेस्रो स्थानमा रहेको युभेन्टस खेल मंगलबारको खेल जित्दै वर्ष २०२० को शुखद अन्त्य गर्ने दाउमा छ। अंक तालिकाको १६ औं स्थानमा रहेको फिओरेन्टिना युभेन्टसलाई उसैको घरमा हराउँदै रेलिगेसन जोनको खतराबाट माथि उक्लिने दाउमा हुनेछ।
तेस्रो स्थानमा रहेको युभेन्टसको १३ खेलबाट २७ अंक छ। समान १३ खेल खेलेको इन्टर मिलान ३० अंकको साथ दोस्रो स्थानमा छ। त्यस्तै, समान खेलबाट ३१ अंक जोडेको एसी मिलान शीर्षस्थानमा छ। यता पाहुना टोलि फिओरेन्टिनाको १३ खेलबाट नै ११ अंक छ।