कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन्।
उनलाई प्रहरीले २०७६ मंसिरमा पक्राउ गरेको थियो। मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका उनको आन्द्रामा समस्या देखिएको थियो। उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिएका छन्।
कार्यालयमा अहिले रहेका ६९२ कैदीबन्दीमध्ये ५७ महिला र दुई आश्रित बालबालिका रहेका छन्। कारागारमा महिला बन्दीगृहको क्षमता २५ जनाको र पुरुष बन्दीगृहको क्षमता २५५ रहेको छ।