नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन्।
राजदूत यान्छीले साँझ करिब ६ बजे राष्ट्रपति कार्यालय शितलनिवास पुगेर भण्डारीसँग भेटवार्ता गरेकी हुन्।
राजदूत यान्छीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विभाजन लगायतका सन्दर्भमा चासो राखेकी छिन्।
राष्ट्रपति कार्यालय श्रोतका अनुसार चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड–१९ विरुद्धको भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूत यान्छीले कुरा गरेकी छिन्।
नेकपाभित्रको विवाद चुलिएपछि सक्रिय हुने चिनियाँ राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग भेट गर्नुलाई निकै महत्त्वपूर्ण मानिएको छ।