नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक बुधबार बस्दैछ। पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षका सांसद्हरु संसदीय दलको बैठकका लागि बानेश्वर स्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे भेला हुँदैछन्।
नेकपाका बहुमत सांसदहरुको समर्थन रहेको दाबी गर्दै आएको प्रचण्ड–नेपाल पक्षले बुधबार संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तयारी गरेको छ ।
प्रचण्ड–नेपाल पक्ष नेताहरुको मंगलबार भएको केन्द्रीय समिति बैठकले अध्यक्षबाट ओलीलाई हटाएर नेता माधवकुमार नेपाललाई अध्यक्षमा नियुक्त गरेको थियो।
यसैबीच मंगलबारको निर्णयसहित प्रचण्ड–नेपाल पक्षीय नेताहरु आधिकारिक नेकपा रहेको दाबीसहित बुधवार निर्वाचन आयोग जाने तयारीमा पनि छ। ओली पक्षले मंगलबार आफ्ना केन्द्रीय सदस्यहरुको नामावलीसहित निर्वाचन आयोगमा आफुहरु आधिकारिक भएको दाबी छ।