स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९ सय ले ओरालो लागेको छ। छापावाला सुन मङ्गलबार प्रतितोला ९४ हजार ९ सय मा कारोवार भएको थियो।
प्रतितोला ९ सय ले आज ओरालो लागी ९४ हजार रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४ सय रुपैँयामा कारोवार भएकामा आज भने प्रतितोला ९३ हजार ५ सय रुपैँयामा कारोवार हुने गरी मूल्य तोकिएको छ।
यसैगरी चाँदी प्रतितोला ५० ले घटेको छ । प्रतितोला एक हजार ३ सय १५ मा मंगलबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २ सय ६५ मा कारोवार भएको छ।