नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्। अध्यक्ष प्रचण्ड र नवनियुक्त अध्यक्ष माधवकुमार नेपाल समूहको बैठकले सर्वसम्मत रुपमा संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको हो।
नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बानेश्वरस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले आफ्नो धारणा राखेका छन्।
नेकपाका झण्डै दुईतिहाइ सांसद्हरूको रहेको प्रचण्ड–नेपाल पक्ष समूहले बुधबारको बैठकमा संसदीय दलको नेताबाट प्रधानमन्त्री समेत रहेको केपी शर्मा ओलीलाई हटाउन गरेको प्रस्ताव पारित गर्दै प्रचण्डलाई दलको नेतामा चयन गरेको हो।