प्रमुख विपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका केन्द्रीय सदस्यको भेला गरेका छन्। दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पौडेलले अनामनगरमा आफू पक्षका केन्द्रीय सदस्यको भेला गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा पौडेलले तत्काल पार्टी आन्दोलनमा जानुपर्ने धारणा राख्दै आएका छन्।
यसबारे बुधबार केन्द्रीय समितिमा केही विवादसमेत भएको थियो।