नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित भएका छन्।कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन्।
बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए। तर, अन्ततः बादल ओलीतर्फ लागेका छन्।
ओली समूहको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शुरु हुन लागेको छ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा दुई बजे बस्दैछ।