पूर्व विश्व सुन्दरी नोर्मा कापेग्लीको दुर्घटनामा निधन भएको छ। ८१ वर्षीया अर्जेन्टिनाकी नोर्मालाई १७ डिसेम्बरका दिन घरनजिकै हिँडिरहेकी बसले ठक्कर दिएको थियो।
बसको ठक्करबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो। ६ दिनसम्म कोमामा रहेकी उनको मृत्यु भएको हो। नोर्माले सन् १९६० मा लण्डनमा आयोजित मिस वर्ल्डको उपाधि जितेकी थिइन्।
उनी मिस वर्ल्डको उपाधि जित्ने पहिलो अर्जेन्टिनी थिइन्। नोर्मा त्यतिबेला २१ वर्षकी थिइन्। मिस वर्ल्डको उपाधि जितेपछि नोर्माले ५ सय पाउण्ड र एउटा स्पोर्टस कार पुरस्कार पाएकी थिइन्।