नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ। बिहीबार थापाथलीस्थित कार्की बैंक्वेटमा बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै आन्दोलनमा उत्रिने निर्णय गरेको हो।
काठमाडौंमा भोलिदेखि नै दैनिक रुपमा कुनै न कुनै प्रकारको विरोध गर्ने रदेशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए। उनले नेपाल बन्दसम्म पनि हुनसक्ने जानकारी दिए।
आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ। यसको सचिवालय पनि बनाइनेछ। बैठकले पुस १० गते माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ।
११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ।२० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म सम्म वडा स्तरमा बैठक भेला गर्ने बैठकको निर्णय छ।