नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चुनौती दिएका छन्। नेता पौडेलले प्रधानमन्त्री ओलीलाई आफूसँग चुनाव लड्न चुनौति दिएका हुन्।
‘मलाई तनहुँमा चुनाव हार्छ भन्ने केपी ओलीजी अर्को उम्मेवार नपठाउनुस्। तपाई मसँग चुनाव लड्न आउनु, म तपाईसँग प्रतिस्पर्धा गर्न तयार छु,’ केन्द्रीय कार्य समिति बैठकपछि बोल्दै उनले भने।
नेता पौडेलले आक्रोशपूर्ण अभिव्यक्ति दिँदै चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको भन्ने आरोपको प्रतिवाद गरेका छन्। ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्रको हत्या गरेकाले कांग्रेस संविधान बचाउँन आन्दोलनमा उत्रिनुपर्ने उनले जानकारी दिए।