महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको साइलेन्सर परिमार्जन गरेर, फिल्टर निकालेर ध्वनी प्रदुषण गराउने मोटरसाइल चालकलाई धमाधम कारबाही गर्न थालेको छ।
महाशाखाले काठमाडौं उपत्यका भित्र गुड्ने मोटरसाइकलहरुले साइलेन्सर परिमार्जन गरेर ध्वनी प्रदुषण गरेको भन्दै कारबाहीलाई तीव्रता दिएको हो। महाशाखाले स्वरुप परिवर्तन गरी चलाइएको ३ सय ४२ थान मोटरसाइकल र तीनका चालकलाई कारबाही गरिएको जानकारी दिएको छ।
त्यस्तै, यस किसिमका मोटरसाईकलहरू कतै गुडिरहेको देखेमा हटलाईन १०३ मा जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ। विभिन्न जिल्लाका ट्राफिक कार्यालयले यसअघि नै त्यस्ता माेटरसाइकलकाे खाेजी गरी कारबाही प्रक्रिया शुरू गरिसकेका छन्।