नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले नेकपाको ३ सय १५ जना केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित शुक्रबार आयोग पुगेको सो पक्षले ४ सय ४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ३ सय १५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको हो।
सो पक्षले निर्वाचन आयोगका पदाधिकारीहरुलाई झण्डै ६७ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै सूर्य चिन्ह र नेकपा आफ्नो समूहको रहेको दावी गरेको हो।