प्रधानमन्त्री केपी शर्मा ओलीका आह्वानमा मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। ओलीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।
ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। गत आइतबारको मन्त्रिपरिषद् बैठकमा ओलीले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए।
प्रतिनिधिसभा विघटनको विरोध गर्दै ७ जना मन्त्री राजीनामा दिएका छन्। ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने बालुवाटार श्रोतले बताएको छ।
ओलीले आफ्नो समूहका केही नेतालाई मन्त्री बनाउन लागेका हुन्। यद्यपि नयाँ मन्त्रीहरूको नाम सार्वजनिक गरिएको छैन।