नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा झुक्किएर ओली समूहमा पुगेको हुनसक्ने बताएका छन्।
पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले थापा आफ्नै समूहमा आउने बताएका हुन्।
संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव समूहले बोलाएको छुट्टा छुट्टै केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री थापा सहभागी भएका थिएनन्।
तर बिहीबार उनी केपी शर्मा ओलीलाई साथ दिन केन्द्रिय कमिटी बैठकमा पुगेका थिए।