प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद् विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्।
शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै टोपबहादुर रायमाझीलाई उर्जा, जलस्रोत तथा सिञ्चाई, प्रभु साहलाई शहरी विकास र मणि थापालाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
त्यसैगरी, गौरीशकर चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले वन तथा वातावरण, जुलीकुमारी महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र दावा लामालाई युवा तथा खेलकुद मन्त्री बनेका छन्।
नेकपा नेतृ विमला विश्वकर्माले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन्। ८ जना मन्त्री र एक राज्यमन्त्रीले शुक्रबारै पद तथा गोपनियताको शपथ गरेका छन्।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारसँगै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन्।