बाँधको पानीमा डुबेर साउथ इन्डियन फिल्मका हिरो अनिल नेदुमन्गडको निधन भएको छ। ४८ वर्षीय नेदुमन्गडको शुक्रबार निधन भएको हो।
नुहाउनका लागि साथीहरुसँग मलन्करा बाँधमा पुगेका उनी पानीमा डुबेका थिए। पानीमा डुब्ने बितिक्कै उनलाई सहयोगकर्मीको मद्दतले बाहिर निकालेर अस्पताल लगिएको थियो। अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए।
अभिनेता एक फिल्मको सुटिङको सिलसिलामा थोड्डुपुझामा बस्दे आएका थिए। अनिलले टिची अभिनेताको रुपमा अभिनय करियर शुरु गरेका थिए। २०१४ बाट उनले फिल्म अभिनय थालेका थिए। उनले ‘अथ्यप्पनम कोशियुम’, ‘कम्मतिपादन’, ‘पावडा’, ’किस्मत’ र ‘पैरोल’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन्।