नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू संसद् विघटनको विपक्षमा र पार्टी एकताको पक्षमा रहेको बताएका छन्। शनिबार पुष्पकमल दाहाल प्रचण्डसँगकाे भेटवार्तामा उनले पार्टी एकतालाई जोगाउनुपर्नेमा जाेड दिएका छन्।
संसद् विघटन र नेकपाको पछिल्लो अवस्थाबारे छलफल गर्न प्रचण्डले उपाध्यक्ष गौतमलाई आफ्नै निवास खुमलटारमा बोलाएका थिए। गौमतले आफू संसद् विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने जानकारी गराएका थिए।
नेकपा प्रचण्ड–नेपाल समूह र ओली समूहमा विभाजित भइसकेको अवस्था गौतम हालसम्म तटस्थ छन्। गौतमले संसद् विघटनको विरोध गरिरहेको जानकारी दिँदै पार्टी एकतालाई निरन्तरता दिनुपर्नेमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।