एक मदिरा कम्पनीले अनौठो कार्य गरेर विश्व फुटबललाई चकित बनाएको छ। कम्पनीले मेसीको गोल खाएका गोलकिपरलाई बियर उपहार दिएर सबैलाई आश्चर्यमा पारेको हो। यसरी बियर बाँड्ने अमेरिकन मदिरा पदार्थ कम्पनी बुडवाइजर हो।
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले एकै क्लबका लागि सर्वाधिक गोल गरेको कीर्तिमान बनाएपछि बुडवाइजरले फरक तरिकाले मेसीको कीर्तिमानलाई सेलिब्रेट गरेको हो।
मेसी केही दिनअघि बार्सिलोनाका लागि ६ सय ४४ औं गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए। मेसीले ब्राजिलियन लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका थिएर पेलेले सान्टोसका लागि ६ सय ४३ गोल गरेका थिए।
मेसीले बनाएको सो कीर्तिमानको सेलिब्रेसन बुडवाइजरले गरेको हो। बुडवाइजर अमेरिकम बियर कम्पनी हो। सो कम्पनीले मेसीको गोल खाने प्रत्येक गोलकिपरलाई बियर वितरण गरेको थियो।
स्पेनिस मिडियाका अनुसार कम्पनीले मेस्सीको गोल खाने गोलरक्षकलाई बियर वितरण गरेको थियो। सञ्चार माध्यमका अनुसार कम्पनीले एक गोल बराबर एउटा बियर दिएको थियो।
इटालियन क्लब युभेन्टसका गोलरक्षक जियानलुइगी बुफनले पनि ५१४ र ५१५ नम्बरको दुई बोतल बियर पाएका छन्। बियर पाएपछि इटालियन गोलकिपर बुफनले मेस्सीलाई बधाई दिएका छन्।
बुडवाइजर कम्पनीका अनुसार उसले मेसीको गोल खाने एक सय ६० गोलकिपरलाई बियर वितरण गरिएको छ। ६ सय ४४ गोल बराबर ६ सय ४४ वटै बियर वितरण गरिएको कम्पनीले जानकारी दिएको छ।
रोचक कुरा, स्पेनिस क्लब एथ्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले ११ वटा बियर पाएका थिए। भ्यालेन्सियाका पूर्व–गोलकिपर डिएगो अल्भेसविरुद्ध मेस्सीले १९ गोल गरेका थिए भने रियल मड्रिडका लिजेन्डर इकर क्यासिल्लासले १७ गोल गरेका थिए। ती सबै गोलकिपरले खाएको गोल संख्या बराबर नै बियर उपहार पाएका छन्।