एक वर्षमा पाँच हजारभन्दा बढी नेपालीले अष्ट्रेलियाको पीआर (स्थायी भिषा) पाएका छन्। अध्यागमन विभागको वार्षिक प्रतिवेदन अनुसार सन् २०१९–२० मा संघीय सरकारको वार्षिक आप्रवासी कार्यक्रम अनुसार यस वर्ष पाँच हजार ४८ नेपालीले पीआर पाएका हुन्।
तीमध्ये ४ हजार ६ सय ६६ जना नेपालीले दक्ष आप्रवासी कार्यक्रम अनुरूप पीआर र ३ सय ८२ जनाले पार्टनर तथा बालबालिकाका रूपमा स्थायी भिषा पाएका हुन्।
नेपाल पछिल्लो तथ्यांकअनुसार, २०१९–२० मा पीआर पाउने देशको छैठौं स्थानमा उक्लिएको छ। पहिलो पाँच राष्ट्रमा चीन, भारत, संयुक्त अधिराज्य, फिलिपिन्स र भियतनाम रहेका छन्।