नागरिक समाजका अगुवाहरूले केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा प्रर्दशन गरेका छन्।
‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’को ब्यानरमा शनिबार माइतीघर मण्डलामा नागरिक समाजका अगुवा र बुद्धिजीवीहरूले प्रदर्शन गरेका हुन्।
‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि?’ लगायतका नारा र प्लेकार्ड बोकेर नागरिक समाजका अगुवाले प्रदर्शन गरेका हुन्।
ओली सरकारले संसद् विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरेपछि त्यो विरोधमा देशव्यापी आन्दोलन भइरहेको छ।