सौन्दर्यका पारखीहरुको सहयात्री रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले उदाहरणीय काम गर्दै आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ। १३ वर्षदेखि सौन्दर्य क्षेत्रमा काम गर्दै आएको रश्मिलाज फेसियल हाउसले क्रिसमसको अवसर पारी मानव सेवामा प्रेरक कर्म गरेर आफ्नो वार्षिकोत्सव मनाएको हो।
शनिबार काठमाडौंको बुढानिलकण्ठमा अवस्थित मानव सेवा आश्रममा आश्रित ५६ जना बृद्ध, बृद्धाहरुलाई भोजन गराएको छ। त्यस्तै, फेसियल हाउस धादिङ तसर्पुमा अवस्थित गरिब जनताहरुलाई निःशुल्क भोजन कार्यक्रम गरी आर्थिक सेवा गर्ने भएको छ।
उक्त अवसरमा रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाश कुमार श्रेष्ठले ५० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आधुनिक तरिकाले सेवा प्रदान गर्दै आएको जानकारी दिएका छन्। उनले ग्राहकहरुको विश्वास र आफ्नो गुणस्तरीय सेवाले गर्दा १३ औं वर्षसम्मको यात्रा सम्भव भएको बताएका छन्।
काठमाडौं मल, बिजी मलबाट सेवा प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर सौन्दर्य पारखीहरुको रोजाईमा पर्दै आएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सुविधा सम्पन्न रश्मिलाज फेसियलले छिट्टै नयाँ स्थानहरुबाट पनि सेवा दिने जानकारी दिइएको छ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला र पुरुषको लागि भरपर्दो गन्तव्य हो। रश्मिलाजले ग्राहकलाई दक्ष तथा अनुभवि सौन्दर्यकर्मीबाट सेवा प्रदान गर्दै आएको छ। त्यस्तै, रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि विशेष प्याकेजको व्यवस्थाको साथै तालिम पनि दिँदै आएको छ।
रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिएकी छिन्।