प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा संसद् विघटनविरुद्ध आइतबार पनि काठमाडौंमा प्रदर्शन भएको हो।
डा. बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीले आइतबार दिउसो काठमाडौंमा विरोध प्रदर्शन गरेको हो।
जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराई, केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादव, नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादवलगायतले विरोध प्रदर्शनको अगुवाई गरेका छन्।
विशाल प्रदर्शनपछि शान्तिबाटिकामा आयोजना गरिएको विरोधसभालाई नेताहरू सम्बोधन गरिरहेका छन्। जसपाका नेता राजेन्द्र श्रेष्ठले केपी ओलीको प्रतिगामी कदमविरुद्ध आफूहरू निरन्तर संघर्षमा जाने बताएका छन्।