जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई टाउकोमा खड्ग हान्नमात्रै बाँकी रहेको बताएका छन्।
काठमाडौंमा आइतबार आयोजित जसपाको प्रदर्शनपछि उनले प्रधानमन्त्री ओलीले गोदेको गोदै गरेको र अब खड्ग हान्न मात्र बाँकी रहेको बताएका हुन्।
ओलीको भ्रमबाट ढिलै भए पनि प्रचण्ड–नेपाल मुक्त भएको भट्टराईले बताए। अझै पनि प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीलाई मिलेर जाऔं भनिरहेको उनले उल्लेख गरेका छन्।
नेता भट्टराईले नेपाल कांग्रेसलाई पनि सडक संघर्षमा आउन आग्रह गरेका छन्। चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भनेर कांग्रेस भ्रममा रहेको र यस्तो भ्रममा नपर्न समेत उनले आग्रह गरेका छन्।