नेपाल भ्रमणमा रहेका चीनका उच्च पदस्थ सरकारी अधिकारीहरू राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा चार सदस्यीय टोली शितलनिवास पुगेका हुन्।
आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए।
राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्ने कार्यक्रम रहेकाे छ।
त्यस्तै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि भेटवार्ता गर्ने बताइएकाे छ।