राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरेकी हुन्।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आज सो जानकारी दिएका हुन्।
गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।