नेपाल भ्रमणमा रहेका चीनका उच्च पदस्थ सरकारी अधिकारीहरूले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डल सोमबार बिहान भेटवार्ताका लागि प्रचण्ड निवास खुमलटार पुगेको हो।
भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ। सो टोलीले आज नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता गर्ने बताइएको छ।
आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो।