नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन्।
नेता भट्टराई नेकपाको एकता बचाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने बताएका हुन्।
प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको प्रष्ट पारेका छन्।
निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।