स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैँयाले उकालो लागेको छ। शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २ सय रुपैँया रहेकामा आज प्रतितोला ९४ हजार ९ सय रुपैँया पुगेको छ।
यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७ सय रुपँया रहेकामा आज ७ सय रुपैँयाले वृद्धि भई ९४ हजार ४ सय रुपैँयामा कारोवार भएको छ। त्यस्तै चाँदी आज प्रतितोला एक हजार ३ सय १५ रुपैँयामा कारोवार भएको छ। चाँदी आइतबार एक हजार २ सय ८० रुपैँयामा कारोवार भएको थियो।