पठाओ कार्यालयमा तोडफोड गर्ने २६ जना पक्राउ परेका छन्। राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले सोमबार कम्पनीको कार्यालयमा नाराबाजीका साथै तोडफोड गरेका हुन।
आफूले अघि सारेको विभिन्न मागहरु पुरा नभएको भन्दै चालकहरुले कार्यालय तोडफोड गरेका हुन्। उनीहरु ८ प्रतिशत मात्रै कमिसन लिन माग गर्दै अघिल्लो सोमबार कम्पनीलाई ज्ञापनपत्र दिएका थिए। अहिले कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ।
उनीहरुको मागपछि कम्पनीले राइडर र यात्रुको १ लाखसम्मको उपचार बिमा र मृत्यु भएका ५ लाखको दुर्घटना बिमा पनि गर्ने घोषणा गरिसकेको छ। तर, कमिसन घटाउने लगायतका मागमा कम्पनी सहमत भएको छैन।
पठाओले विभिन्न ११ बुँदाको मागमध्ये कतिपय माग पूरा गर्न नसक्ने बताएको छ।