इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘ग्लोबाे साेकर अवार्ड’ अन्तरगतको ‘प्लेयर अफ दी सेन्चुरी’ अवार्ड हासिल गरेका छन्। दुबईमा आइतबार राति भएको अवार्ड समारोहमा राेनाल्डाेले ‘प्लेयर अफ दी सेन्चुरी’ अवार्ड जितेका हुन्।
३५ वर्षीय रोनाल्डोले अर्जेन्टिनका लियोनेल मेस्सी, ब्राजिलका रोनाल्डिन्हो र इजिप्टको मोहम्मद सलाहलाई पछि पार्दै सो अवार्ड जितेका हुन्। आयोजकले सन् २००१ देखि २०२० सम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै विजेता छनोट गरेको हो।
रोनाल्डोले यो २० वर्षको अवधिमा इंग्ल्यान्ड, स्पेन, इटाली र पोर्चुगलबाट विभिन्न उपाधि जितेका छन्। त्यसलाई नै आधार मानेर उनलाई यो अवार्ड प्रदान गरिएको हो।
यो अवार्डका लागि रोनाल्डोले समर्थकबाट ३८ प्रतिशत मत पाएका थिए। मेस्सीले २४ प्रतिशत, सलाहले २३ प्रतिशत र रोनाल्डिन्होले १४ प्रतिशत मत प्राप्त गरेका थिए।