जंगलको डढेलोे अनियन्त्रित हुँदा प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिर जोखिममा परेको छ। गत बिहिबारदेखि सिम्बु सामुदायिक वन क्षेत्रबाट शुरु भएको डढेलो मन्दिर भन्दा केहि तल रहेको फोहोर व्यवस्थापन गर्ने केन्द्रसम्म आइपुगेको छ।
डढेलो नियन्त्रणका लागि हेलिकोप्टर मगाइएको छ। सिम्रिक एअरको हेलिकोप्टरले माथिबाट पानी फ्याकेर आगो नियन्त्रण गर्ने छ।
पाथीभरा क्षेत्रमा पानीको निकै संकट रहेको हुँदा पानीको प्रवन्ध भइरहेको छ। मन्दिर जोगाउन मन्दिरमा टाँिगएका ध्वजापताका, डोरी लगायतका आगोले छिटै टिप्ने सामग्री फाल्ने काम भइरहेको छ।