नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वैशाखमा हुन लागेको मध्यावधि निर्वाचनमा तालमेल नगर्ने संकेत गरेका छन्। सोमबार भक्तपुरमा भएको विरोध प्रर्दशनमा बोल्दै उनले एक्लै विरोध गर्ने र एक्लै चुनाव लड्ने बताएका हुन्।
सरकारले संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते प्रतिनिसभाको निर्वाचनको मिति घोषणा गरेको छ। नेपाली कांग्रोसले संसद् विघटनको असंवैधानिक कदमविरुद्ध चर्को विरोद गर्दै आएको छ र आन्दोलनमा समेत उत्रिएको छ।
सो मुद्दा सर्वोच्च अदालतमा पनि विचाराधिन छ। सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अलोकतान्त्रिक र असंवैधानिक कदम उठाएको बताउँदै चर्को विरोध गरे।
‘हामी कोहीसँग मिल्दैनौं, तालमेल गर्दैनौं’ सोमबार देउवाले भने, ‘असंवैधानिक कदमविरुद्ध एक्लै विरोध गर्छौ, एक्लै चुनाव लडछौं।’ सभापति देउवाले सर्वोच्च अदालतबाट हुने फैसला नै सर्वमान्य हुने बताए।