नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीेले र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि ठूलो प्रहार गरेको बताएका छन्।
नेपालगञ्जमा आज कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शन र सभालाई सम्बोधन गर्दै संसद् विघटनका सन्दर्भमा अदालतबाट न्याय नपाएमा जनताका बीचमा जाने उद्घोष गरेका हुन्।
नेता थापाले प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरेकोले पुनस्र्थापना हुनुपर्ने बताएका हुन्।
प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेको उल्लेख गरे। उनले प्रधानमन्त्री ओलीले शानदार ढंगले कांग्रेस जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर चुनाव घोषणा नगरेको बताए।
उक्त मुद्दा सर्वोच्चमा विचारधिन रहेको उल्लेख गर्दै थापाले संविधान हेरेर अदालतबाट न्याय मिल्ने विश्वास पनि व्यक्त गरेका छन्।