नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्टको भ्रमबाट अब जनता मुक्त हुनुपर्ने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर २ ले कोटेश्वरमा आज गरेको प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै शर्माले कम्युनिष्टका भ्रमलाई पत्याएर भोट दिनेहरू अब भ्रमबाट मुक्त हुनुपर्ने बताएका हुन्।
संसद विघटन हुनुमा ओली सबैभन्दा बढी दोषी भएको शर्माले बताए। त्यस्तै दोस्रो दोषी प्रचण्ड, तेस्रो दोषी माधव नेपाल र चौथो दोषी राष्ट्रपति विद्यादेवी भण्डारी रहेको उनले बताएका छन्।
प्रतिपक्षी दलले सरकारलाई काम गर्न अवरोध नगरेको शर्माले बताए। २०७४ सालमा केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि कांग्रेसले अहिलेसम्म सरकारविरूद्ध चार वटा प्रदर्शन मात्रै गरेकोले सरकारलाई घेरावन्दी नगरिएको बताए।
गत वैशाखमै ओली सरकार असक्षम रहेको आफूहरूले बताएको उनले स्मरण समेत गराएका छन्।