नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई लिएर परेको मुद्दा आज सर्वोच्च अदालतमा पेशीमा चढेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको छ।
तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए।
९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो। त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए। यो मुद्दा सर्वोच्चमा विचाराधीन थियो।
तर नेकपा फुटेर ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको बेला यो मुद्दा फेरि पेसीमा चढेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको छ।