स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ८ सय रुपैँयाले ओरालो लागेको छ। प्रतितोला ७ सय रुपैँयाले सोमबार उकालो लागेको सुनको मूल्य आज पुन:ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैँयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैँयामा सोमबार कारोवार भएको थियो। यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४ सय रुपैँयामा कारोवार भएकामा आज प्रतितोला ९३ हजार ६ सय रुपैँया मूल्य निर्धारण भएको छ।
तेजाबी सुन पनि प्रतितोला ८ सय रुपैँयाले घटेको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैँयाले घटेको छ। प्रतितोला एक हजार ३१५ रुपैँयामा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३ सय रुपैँया मूल्य निर्धारण भएको छ।