उखुको भुक्तानी माग्न आएका उखु किसानको मृत्यु भएको छ। रौतहट जिल्ला धनकौल गाउँपालिका छोटौलका नारायण राय यादवले काठमाडौंस्थित गंगालाल हृदयरोग अस्पतालमा प्राण त्यागेका हुन्।
आन्दोलनरत किसानहरूसँग सोमबार कृषिमन्त्री पद्मा अर्यालले वार्ता गरेकी थिइन्। मंगलबार किसानहरुलाई मन्त्रालयबाट बिदाई गरी घर फर्काउने कार्यक्रम थियो। तर, किसान यादवले त्यसअघि नै सधैंका लागि बिदा लिए।
ब्रेन ह्याम्ब्रेज भएपछि उनी गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए। किसान आन्लोलनमा सहभागी किसानका अनुसार यादव वार्ताबाट सन्तुष्ट थिएनन्। उनको मंगलबार निधन भएको हो।