नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले मात्रै संसद् विघटन गर्न नमिल्ने बताएका छन्।
नेकपाले संसद् विघटनका विरुद्धमा काठमाडौंमा आयोजना गरेको विरोधसभामा प्रचण्डले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसद्सँगै लोकतन्त्रको हत्या गर्न खोजेको बताएका हुन्।
‘सदनलाई दुई जना व्यक्तिले हत्या गर्न मिल्छ? मिल्दैन, जरुरी परे योभन्दा अलि कडा, कठोर संघर्षमा जानुपर्छ, तपाईहरू (भण्डारी–ओली) ले जे गर्नुछ, गर्नुस्, हामी जनताका बीचमा गयौं, ओली प्रतिगमनकारी, हामी क्रान्तिकारी भयौं, उहाँलाई धन्यवाद,’ प्रचण्डले भने।