संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले देशभर प्रदर्शन गरेको छ। काठमाडौंको प्रदशनीमार्गमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेकपाका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका छन्।
कार्यक्रमा बोल्दै नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले केपी ओली तानाशाही भएको टिप्पणी गरेका छन्। नेता खनालले उखान र टुक्काले मात्र देशमा समृद्धि नआउने जानकारी दिँदै ओलीले गफ मात्रै हानेर ३ वर्ष बिताएको बताएका छन्।
ओलीले देशमा पानीजहाल ल्याउँछु, घरघरमा ग्यास पाइप पुर्याउँछु भन्दै जनतालाई भ्रममा राखेको बताएका नेता खनालकाे तर्क छ। उनले ओलीले पार्टी नीतिविरुद्ध कदम चालेर ठूलो गल्ती गरेको जानकारी दिएका छन्।
त्यस्तै, नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले ओली लोकतन्त्रवादि नभएको बताएका छन्। आली सरकार काम चलाउ सरकार भएको बताउँदै नेता नेपालले अरुलाई खिसी टिउरी गर्ने ओली एण्ड प्रवृत्ति यूगको अन्त्य भएको जानकारी दिएका छन्। नेता नेपालले ओलीमा कम्युनिष्ट र लोकतन्त्रवादी चरित्र नभएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनसँगै ओलीले कलंकको टीका लगाएको जानकारी दिएका छन्। प्रचण्डल राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओली दुई जनाले संसदकाे हत्या गर्न मिल्छ भन्दै प्रश्न गरेका थिए।
प्रचण्डले ओली नेपालको राजनीतिक इतिहासबाट पत्तासाफ हुने जानकारी दिँदै ओलीको प्रतिगमनकारी, अलोकतान्त्रिक र अंसवैधानिक कदमविरुद्ध थप शसक्त भएर प्रस्तुत हुने बताए। उनले नेकपाले आन्दोलनको ट्रेलर मात्र देखाएको जानकारी दिँदै ओलीको कदम नसच्चिए आन्दोलनको आँधीबेरी ल्याउने बताए।