पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक आज बस्ने भएको छ।
सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने योजना छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो।