माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७७ मा सहभागी हुनका लागि राष्ट्रिय परीक्षा बोर्डले आवेदन आह्वान गरेको छ। परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने छ।
साउनमै खुल्ने गरेको फाराम यसपटक कोभिड–१९ महामारीका कारण पुसमा सरेको हो। सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ। रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३ सय रुपैयाँ निर्धारण गरिएको छ।
यसवर्षको एसईई आगामी जेठमा सञ्चालन गर्ने बोर्डले तयारी गरेको छ। बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्ने बताए। कोरोना भाइरसका कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन।