काठमाडौंमा अपहरण र असुली धन्दा चलाउने समूहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। अपहरण र असुलीमा संलग्न रहँदै आएको प्रह्लाद महत र उदय सेठ्ठीको समूहका कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीले प्रक्राउ गरेको हो।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सर्लाही घर भएका ३८ वर्षीय बुढाथोकीलाई काठमाडौंको बालाजुका व्यवसायी बाबुराजा रावललाई अपहरण गरेको अभियोगमा पक्राउ गरेको हो।
विं.स. २०६५ पुस १ गते रावल अपहरणमा परेका थिए। १ करोड ५० लाख रुपैयाँ फिरौती असुल गरेको अभियोगमा बुढाथोकी पक्राउ गरेका हुन्। बुढाथाेकी आफूलाई सोले नामले चिनाउँथे।
भारतको दार्जीलिङबाट पक्राउ गरी काठमाडौं ल्याइएको जानकारी सिआइबीले दिएको छ। प्रहरीका अनुसार बुढाथोकी दार्जिलिङमा बस्दै आएका थिए।
नेपालमा अपहरण र असुलीधन्दामा संलग्न रहेको अभियोग लागेका अमर टण्डन पक्राउ गरेको थिए। लगत्तै उनकै सहयोगी महत र सेठ्ठीले आफ्नो मातहतमा राखेर बुढाथोकीलाई काम गराएका थिए।
२०६६ को पुसमा महानगरीय अपराध महाशाखाको टोलीले सेठ्ठी, महतसँगै विष्णु जिसी, टासी गुरुङ र विकास कार्कीलाई पक्राउ गरेको थियो।
महत र सेठ्ठीको समूहमा सामेल हुनुअघि बुढाथोकीको धन्दा चोरी र डकैती थियो। प्रहरीका अनुसार वि.सं. २०६४ सालमा महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेका बुढाथोकी हिरासतको भेन्टिलेसन तोडेर भागेका थिए।