विश्वमा तीव्र रुपमा फैलिन लागेको नयाँ प्रकारको कोरोना भाइरसले झन् ठूलो महामारी निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ। नयाँ कोरोना भाइरसले विश्वमा थप भयावह स्थिति आउन सक्ने डब्लुएचओले चेतावनी दिएको छ।
युएन एजेन्सीले कोरोना भाइरस भन्दा नयाँ स्वरुपको भाइरसको संक्रमण चाडो फैलिने बताएका छन्। डब्लुएचओका प्रमुख टेड्रस अडानोम गेब्रियससले परीक्षण र भ्याक्सिनहरुमा सम्भावित प्रभाव पार्न सक्ने बारे दैनिक अध्ययन भइरहेको बताएका छन्।
मानिस कमजोर ग्रहमा र बढ्दो जटिल समाजमा बाँचिरहेका बताउँदै डब्लुएचओका आपतकालीन कार्यक्रमका प्रमुख डा.माइक रायनले सम्भावित खतराको सामना गर्न तयार हुनुपर्ने जानकारी दिएका छन्।